नियम ११२
बढीमा पाँच तलब वृद्धि घटुवा गर्ने वा शुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा गर्ने
: देहायको अवस्थामा सजायको आदेश दिने अधिकारीले कुनै प्रहरी कर्मचारीले खाइपाई आएको बढीमा पाँच तलबवृद्धि घटुवा गर्न वा हालको पदको जेष्ठता सहित खाइपाई आएकोे शुरु स्केलमा घटुवा गर्न वा तल्लो पदमा घटुवा गर्न सक्नेछ :–
(क) अनुशासनहीन काम गरेमा,
(ख) नियम ९६, ९९, १०६ र १०७ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लङ्घन गरेमा,
(ग) नियुक्ति भएको पाँच वर्षभित्रै नोकरीबाट अलग हुन झुठ्ठा कारण देखाएमा,
(घ) कानून बमोजिम दिएको आदेश निर्देशन नमानेमा वा कार्यान्वयन नगरेमा,
(ङ) मनासिब कारण नभई वा बिदा नलिई अनुपस्थित भएमा वा गैरहाजिर भएमा,
(च) लापरवाही गरेमा वा नियम आदेशको पालना नगरेमा,
(छ) लापरवाही गरी सरकारी सम्पत्ति हानि नोक्सानी गरेमा,
(ज) नैतिक पतन देखिने फौजदारी कसूर वाहेकको अन्य कुनै फौजदारी अभियोगमा कैद बाहेक जरिवाना वा क्षतिपूर्ति भराउने वा दुबै सजाय हुने गरी दोषी ठहर भएमा ।